पेन्सनबापतको रकम खातामा पठाउन किन ढिला ? – Nepal Press

पेन्सनबापतको रकम खातामा पठाउन किन ढिला ?

काठमाडौ । सरकारले पेन्सनबापतको रकम खातामा पठाउन ढिलाइ गरेको छ । सामान्यतया महिनाको २०/२२ गतेभित्र खातामा गइसक्ने भएपनि यो पटक २५ गतेसम्म रकम नपठाइएको हो ।

निवृत्तिभरण व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख विष्णु खरेलले भोलिबाट रकम खातामा जाने नेपाल प्रेसलाई जानकारी दिए । सरकारले बजेट अभावका कारण समयमै भुक्तानी गर्न नसक्दा ढिलाइ भएको उनको भनाइ छ । शुक्रबार अर्थमन्त्रालयले ५ अर्ब ६० करोड कार्यालयलाई निकासा गरेको खरेलले जानकारी दिए ।

सो रकम कार्यालयले पनि सिस्टममा हालिसकेकोले क्रमश: पेन्सनरको खातामा जाने भन्दै आगामी २८ गतेभित्र सबै सेटलमेन्ट हुने उनको भनाइ छ ।

पूर्वअर्थसचिव रामेश्वर खनालले हिसाब गरेर ठिक्क पुग्ने रकम बजेट विनियोजन गर्न सकिने निवृत्तिभरणमा समेत ३८ प्रतिशत न्यून विनियोजन भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले यसलाई वित्तीय असन्तुलनको बिजारोपण चालू वर्षको बजेटमा जानाजान गरिएको प्रमाण भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर