प्रधानमन्त्रीको प्रश्न- प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको प्रश्न- प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि प्रकट गरेका छन् । उनले प्रतिपक्षी दलहरूको हर्कत संसदीय अभ्यास र मान्यताविपरीत रहेको बताए ।

संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा आफ्नो असन्तुष्टि राखेका हुन् । उनले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताए ।

‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु,’ प्रचण्डले भने, ‘तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ?’

उनले थपे, ‘प्रतिपक्षले माग्नासाथै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो रु स्पष्टीकरणको मौका पनि दिनु नहुने हो ?’

उनले यो आफ्नो प्रतिवाद नभएर प्रश्न मात्रै रहेको बताए ।

‘म यहाँ काउन्टर अट्याकका लागि होइन स्पष्टीकरणका लागि उपस्थित छु । यो कुराको मलाई गहिरो गरी हेक्का छ,’ उनले थपे ।

प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्ने हक प्रतिपक्षी दलहरूसँग भए पनि ३ दिन संसद अवरुद्ध गर्नु जायज नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर