एमालेलाई प्रचण्डको प्रतिप्रश्न- मलाई प्रधानमन्त्री बनाउन लिखित हस्ताक्षर कसले गरेको ? (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाएको बताएका छन्।
एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको उनको भनाइ छ।
त्यसबारे प्रतिनिधि सभाको बैठकमा राखेको उनको भनाइ:
…यो आत्मसमीक्षासँगै संसदमा केही प्रश्न पनि गर्न गर्छु। यो राख्दै जाँदा केही भावुकता आउने हो कि भन्ने डर पनि छ मलाई। यसबीचमा प्रश्न उठाइयो। मलाई प्रधानमन्त्री कसले बनायो ? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो। म यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै कुरा खेले।
मलाई प्रधानमन्त्री बनाउन प्रतिपक्षी दलका साथीहरूले लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै आएको देख्दा म गम्भीर भएको छु। किनकि मलाई प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन। मेरो भित्रको कुरा भन्दै छु। प्रितम सिंहले बनाएको त होइन। यो भन्दा धेरै नबोलौँ। त्यो बेलामा के स्थिति थियो उहाँहरूलाई राम्रो थाहा छ।
म प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा छ। थाहा हुँदा हुँदै ककसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदा हुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो मभित्र प्रश्न उठेको छ।