मनाङ एयरको हेलिकप्टरमा सवार पाँचैजना यात्रु मेक्सिकन नागरिक
नेपाल प्रेस
२०८० असार २६ गते ११:४०
काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एअरको हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ ।
हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।
मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
९एनए/एमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन ।
प्रतिक्रिया
सम्बन्धित खवर