६ महिनामा कास्कीको रुपाले गुमायो दुई अब्बल पाइलट – Nepal Press

६ महिनामा कास्कीको रुपाले गुमायो दुई अब्बल पाइलट

पोखरा । कास्कीको रुपा गाउँपालिकाले ६ महिनामा २ पाइलट गुमाएको छ । मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लाम्जुरापासमा भएको मनाङ हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङको मृत्यु भयो । आजको दुर्घटनामा पाइलट गुरुङ र अन्य ५ जना यात्रुसमेत ५ जनानको मृत्यु भयो ।

यसअघि पोखरामा गत माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा पाइलट कमल केसीको मृत्यु भएको थियो । पाइलट गुरुङ र केसी रुपा गाउँपालिकामा जन्मिएर काठमाडौं कर्मथलो बनाएका थिए । पाइलट गुरुङ केही वर्षयता ललितपुरस्थित भैंसेपाटीमा बस्दै आएका थिए ।

रुपा गाउँपालिका ६ मोहोरियामा जन्मिएका ५४ वर्षीय गुरूङले मनाङ एयरको हेलिकप्टरमार्फत सन् १९९७ देखि विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेका थिए । त्यसअघि रूस र अफगानिस्थानमा समेत हेलिकप्टर उडाएका थिए । गत वर्ष गाउँपालिकाले आफ्नो स्थापना दिवसमा पाइलट गुरुङलाई ‘रुपा रत्न’ बाट समेत सम्मान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर