लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय – Nepal Press

लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

बढुवा समितिले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो ।

त्यस्तै, सरकारले आजै सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।

त्यस्तै, बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।

चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।

बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ, जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर