इन्सले असार ३० मा भानु जयन्तीमा विशेष कार्यक्रम गर्दै


काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको
२१० औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
समितिले आगामी ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कार्यक्रममा भाषा आयोगका अध्यक्ष प्रा. डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न रचना वाचन समेत गरिने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेलले जानकारी दिएकी छन् ।
नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आचार्यलाई सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताइन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एमव सहप्राध्यापक डा. धनप्रसाद सुवेदी प्रमुख वक्ता रहने छन् । उनले भानुभक्तको योगदानबारे चर्चा गर्नेछन् ।
इन्सले गतवर्ष पनि भानु जयन्ती विशेष ढंगले मनाएको थियो । त्यस्तै, अन्य नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिने विभिन्न अवसरहरुमा कार्यक्रम गर्दै आइरहेको र असार ३० गते हुने भानु जयन्ती पनि त्यसैको निरन्तरताका रुपमा रहेको इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरिले बताए ।
इन्स नेपालको भाषा, संस्कृतिको उत्थानका लागि विभिन्न तवरले सक्रिय संस्था हो जसले सामाजिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने गरेको छ ।