सन्दीपको मुद्दामा फैसला कहिले ? ग्लोबल टी-२० खेल्नुअघि सुनवाइको सम्भावना कम – Nepal Press

सन्दीपको मुद्दामा फैसला कहिले ? ग्लोबल टी-२० खेल्नुअघि सुनवाइको सम्भावना कम

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी आउँदो २० जुलाईबाट सुरु हुने क्यानडा टी–२० मा खेल्न जाँदैछन् ।

यही प्रतियोगिताका कारण उनीहरू दुवै श्रीलंकामा हुने इमर्जिङ नेसन्स कप खेल्ने टिममा छनोट भएनन् ।

सन्दीपले अदालतमा खेपिरहेको मुद्दाको टुंगो लागेको छैन । उनी ग्लोबल टी–२० खेल्न जानुअघि मुद्दाको फैसला नआउने देखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा आगामी तारेख २९ असारलाई तोकिएको थियो । तर साधारण तारेख मात्र भएकाले त्यस दिन सुनवाइ हुँदैन । अर्को पेशीको मिति तोकिने छ ।

हरेक वर्ष आर्थिक वर्षको पहिलो आधा महिना ९साउन १ देखि १५ गतेसम्म० अदालतमा मुद्दाको सुनुवाइ हुँदैन । असार ३० गते शनिवार भएकाले सन्दीपको सुनवाइ हुन असार ३१ गते एक दिन मात्रै समय छ । यदि त्यस दिनलाई पेशी तोकियो भने पनि एक दिनमै नसकिने सम्भावना रहेकाले मुद्दा साउनको तेस्रो सातामा धकेलिन सक्छ ।

‘आइतबार (असार ३१) गतेका लागि पेशी तोकिएर त्यसै दिन बहस सकिए मात्र हो, अन्यथा साउनको तेस्रो साता मात्र अर्को सुनुवाइ हुन सक्छ’, काठमाडौं जिल्ला अदालतका एक अधिकारी भन्छन् ।

यदि ३१ गतेलाई पेशी तोकियो भने सन्दीप २० तारेख ९साउन ४ गते० क्यानडा जाने तयारी छ । नत्र उनी १७–१८ गते जान सक्ने निकट स्रोतले बतायो । मिलेसम्म सन्दीप र दीपेन्द्र सँगै प्रस्थान गर्नेछन् ।

कम्तीमा साउन १८ गतेसम्म उनीहरू ग्लोबल टी–२० प्रतियोगिता खेलिरहेका हुनेछन् । सन्दीपले आफू विरुद्ध मुद्दा परेपछि पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० लिग खेल्न लागेका हुन् भने दीपेन्द्रका लागि यो पहिलो अनुभव हुनेछ ।

सन्दीपविरुद्ध मुद्दा हाल्ने गौशाला २६ ले अदालतमा अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि फैसलाको सुनुवाइ लम्बिएको थियो । यो मुद्दा जिल्ला अदालतमा विभिन्न बहानामा पछि धकेलिँदै आएको छ ।

‘असारमा पेसी नतोकिएमा सन्दीप क्यानडाबाट फर्किएपछि मात्र सुनुवाइ हुने देखिन्छ,’ अदालत स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *