सर्पले टोक्दा के गर्ने ? कस्ता सर्प विषालु हुन्छन् ?
काठमाडौं । रुपन्देहीको बुटवलमा मंगलबार दुई बालकहरुको सर्पले डसाइबाट मृत्यु भयो ।
उनीहरुको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको थियो । नेपालको तराई क्षेत्र सर्पदंशको जोखिम भएको क्षेत्र हो । जहाँ हरेक वर्ष दर्जनौले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् ।
धेरैजसो मानिसहरुलाई सर्पले टोक्दा के गर्ने भन्ने कुरा थाहा नै हुँदैन । जसका कारण उपचार नपाएर सावधानी अपनाउन नसकेकाले तथा विषालु सर्पको डसाइका कारण क्षणभरमै ज्यान समेत जाने गर्दछ ।
नेपालमा सबैभन्दा सामान्यतया कोब्रा र क्रेट प्रजातिका सर्पको टोकाइबाट न्युरोपरालाइसिस हुने र मानिसको मुत्यु हुने गर्दछ । अस्पतालमा आकस्मिक क्लिनिकल मूल्याङ्कन र पुनरुत्थानबाट एन्टिभेनमको प्रयोगसँगै श्वासप्रश्वासको व्यवस्थापन तुरुन्तै गरिन्छ । जसले गर्दा हस्पिटलमा उपचार सुरक्षित हुने गर्छ ।
जस्तोसुकै सर्पले टोक्दा पनि सबैभन्दा पहिला पीडितलाई उपचार योग्य छ अथवा सबै टोकाइ सर्पको मात्रै हुँदैन भनेर आश्वासन दिनुपर्ने सोभा हेल्थकेयरमा कार्यरत परामर्शदाता डा. यशा आमत्या बताउँछिन् । उनि भन्छिन, ‘धेरै स्थानमा द्रुत यातायातको अभावले टोकाईबाट हुने विषाक्त श्वासप्रश्वास पक्षघातका कारण मृत्यु हुने देशमा सामान्य कारण जस्तो देखिन्छ । त्यसैले मृत्युको जोखिम कम गर्न छिटो भन्दा छिटो अस्पताल लैजानुपर्छ ।’
सर्प समाजसँग जोडिएको पात्र भएको र यसले जानेर बुझेर कसैलाई प्रभाव नपार्ने सर्पसम्बन्धी अनुसन्धानकर्ता चितवनका यमलाल भण्डारी बताउँछन् ।
भण्डारी भन्छन्, ‘समान्यतया सर्पको रंग, पाटा र बाहिरी बनावटी कोणहरु हेरेर कति विषालु सर्ष हो भनेर छुट्टाउन सकिन्छ । साथै सर्पको टाउकोको आकारलाई बनावटलाई हेरेर पनि छ्टाउन सकिन्छ । तर धेरै पाटोहरु हुन्छन् जसलाई ब्याख्या गर्न सकिँदैन यसको बारेमा अध्ययन नै गर्नपर्ने हुन्छ ।’
‘सबैभन्दा धेरै मानिसहरुको मृत्यु गराउने गोमन रहेको छ भने सबैभन्दा धेरै विष भएको सर्पमा किङ कोब्रा छ । मुख्यतया सर्पहरु जाडोमा बहिर देखिने हुँदैनन । गर्मीमा मात्रै सबै सर्पहरु बाहिर देखिने हुन्छन्’, भण्डारीले नेपाल प्रेससँग भने ।
यस्तो हुनुको कारण भने सर्प चिसो रगत भएको जनावरमा पर्छ । जसका कारण जाडो मौसममा आफ्नो शरीरलाई वातावरणको तापक्रम अनुकूल बनाउन हाइबरनेशनमा जाने गर्छ । त्यो भनेको जाडाको मौसममा जमिन बस्नु हो ।
सर्पको टोकाइपछि प्राथमिक उपचारमा के गर्ने ?
सबैभन्दा पहिला सर्पले टोकेको मानिसलाई स्थिर बनाउँदै आश्वासन दिनु आवश्यक हुन्छ । स्लिङ÷स्प्लिन्टको साथ प्रभावित अंगलाई स्थिर गर्नुपर्छ । हिँड्ने/कुद्ने/आत्तिने जस्ता क्रियाकलापले मांसपेशीलाई चलाउँछ जसले निचोड नसा र लिम्फेटिक्समार्फत विषको फैलावट बढ्ने गर्छ ।
टोकेको ठाँउमा सुन्निनु अघि औंठी, घडी, टाइट लुगाहरू फुकाल्नुपर्छ ।
सर्पले टोकेपछि ध्यान दिनुपर्ने कुराहरुः
सर्पले डसेपछि परम्परागत उपचारकर्ताको पछि लागेर समय बर्बाद गर्नुहुँदैन । किनकी एन्टिभेनम र सहायक उपचार मात्र प्रमाणित र प्रभावकारी उपचार हो ।
यदि रोगीलाई निल्न गाह्रो भएको छ वा बान्ता भएको छ वा नाकको आवाज छ भने रोगीलाई खुवाउनु हुँदैन किनकी यसले निस्सासिने बनाउन सक्छ । सर्पले टोकेको देख्यो भने सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । यदि पहिले नै मारिएको छ भने प्रजाति पहिचानको लागि उपचार केन्द्रमा सुरक्षा सावधानीका साथ छोपेर लैजान सकिन्छ ।
कस्ता सर्प विषालु हुन्छन् ?
नेपाल पाइने विषालु सर्पहरुमध्येका सबैभन्दा बढी सर्पहरुमा कोब्रा, क्रेट र पिट भाइपरलाई लिइन्छ । त्यस्तै, गोमन, राजगोमन, करेत, नाजानाजा (गोमन नाग), मुगा, बंगारस बंगारोइडस, बंगारस लिभिडस, बंगारस नाइजर, बंगारस वाली, नाजा काओथिया (पनिया दराद), ओफियोफ्यागस हाना, साइनोमाइकुरस म्याक्लेल्यान्डी युनिभिरगाटस ,ड्यावोइया रसेली, ग्लोइडियस हिमालयन र हिमालयोफिस तिबेतानसलाई विषालु सर्पका रुपमा ब्याख्या गरिएको छ । यसको कुनै मापन बिन्दु भने नेपालमा छैन ।