अब सबै बैंकको ब्याजदर एउटै नहुने
काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गरेको छ ।
यसअघि सबै बैंकको ब्याजदर एउटै हुँदै आएकोमा अब भने प्रत्येक बैंकले फरक फरक ब्याजदर तोक्ने भएका छन् ।
आज बसेको बैंकर्स संघको बैंकले निक्षेपको ब्याजदरमा हुँदै आएको भद्र सहमति खारेज गरेको हो । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अब बैंकले आफू खुसी ब्याजदर तोक्ने निर्णय गरेको नेपाल प्रेससँग बताए ।
अब बैंकहरुले १ साउनदेखि निक्षेपको ब्याजदर आफू अनुकूल हुने गरी निर्धारण गर्ने छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाउन वा बढाउन सक्नेछन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको १० प्रतिशत सीमा भित्र रहेर थपघट गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।