डोटीमा चट्याङ लागेर एकको मृत्यु – Nepal Press

डोटीमा चट्याङ लागेर एकको मृत्यु

डोटी । डोटीमा बिहीबार चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका-५ दुदीला गाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीले जनाएको छ ।

दिउँसो करीब २.३० बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको उनका छोरा सुरेश बोहराले जनाएका छन् । चट्याङका कारण सोही गाउँका डम्मर सिंह बोहराका ६ वटा बाख्राको समेत मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *