आगामी वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा थप हुन्छ: ऊर्जामन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष थप ९०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारणमा थप हुने बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले हरेक वर्ष विद्युत उत्पादन बढ्दै जाने र अब आन्तरिक खपत बढाउँदै लैजाने बताए ।
ऊर्जा विकास दशकको मार्गचित्रका साथ सरकारले काम गरिरहेको भन्दै उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने लक्ष्यका साथ आयोजनाहरु निर्माण भइरहेको जानकारी दिए ।
ऊर्जामन्त्री बस्नेतले केही ठूला जलाशयुक्त आयोजना अगाडि बढाउने सोचका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताए । सरकारले नलगाड जलविद्युत आयोजनालाई उत्तिकै महत्व दिएको र छिट्टै प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
मन्त्री बस्नेतले कर्णाली प्रदेशमा सिंचाइ सुविधा पु¥याउन एकीकृत कर्णाली सिंचाइ परियोजना अगाडि बढाइएको र ३० करोड बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।