निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गरेर भएपनि लम्की स्कीनको नियन्त्रण गर्न एमालेको माग (भिडिओ)
लम्की स्कीनबाट ३७ अर्ब बराबरको क्षति भइसक्यो : पदम गिरी
नेपाल प्रेस
२०८० असार २९ गते १४:३२
काठमाडौं । नेकपा एमालेलाई लम्की स्कीनको न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक पदम गिरीले पैसा नभएको किसानलाई राहत दिन नसकेको भए सांसदलाई दिने भनिएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गर्न सुझाव दिए ।
उनले भने, ‘लम्की स्कीनको विकराज स्थिती भएको छ । ३७ अर्ब बराबरको क्षति हुँदा समेत सरकारले उदासिनता देखिएको छ । यो न्यूनीकरणमा सरकारले काम गरेको भए यो स्थिति आउने थिएन । अझै ठुलो क्षति हुनसक्ने विज्ञहरुले भनिरहेका छन् ।’
सरकारले खोप, औषधि र राहतको व्यवस्था गराउँन माग गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर