विद्यार्थी राजनीति : के बालेनले भनेझैं खारेज गर्नुपर्ने हो त ?
काठमाडाैं । जब कुनियत, जातीय क्षेत्रीय वर्गीय भेदभावपूर्ण समाजमा विद्रोह र आन्दोलन चलिरहन्छ तबसम्म मानिसले सुख शान्ति अमन चयनको महसुस गर्न पाउदैनन् । समाजको बौद्विक वर्ग स्कुल, क्याम्पस र विश्वविद्यालयहरूमा अध्ययन गरिसकेका र अध्ययन गर्दै गरेका व्यक्तिहरूलाई लिन सकिन्छ ।
त्यसमा पनि अध्ययन सकेर आफ्नो पेशा व्यवसाय गर्न थालेका व्यक्तिहरूभन्दा खोज अध्ययन गर्ने र पढ्दै गर्ने व्यक्तिहरू बढी निर्णायक भूमिकामा पुग्ने गरेको पाउँछौं । इतिहासमा विश्वका ठूला परिवर्तनहरूको प्रमुख भूमिका विद्यार्थी र युवाहरूको देख्न र भेट्न सकिन्छ ।
यता हाम्रो जस्तो अल्पविकसित र भ्रष्टाचारले जकडिएको राष्ट्रहरूमा विद्यार्थी आन्दोलनले तत्कालै विश्राम पाउने कल्पना पनि गर्न सकिने अवस्था छैन । अतः समस्या समाधान युवा विद्यार्थीबाटै सम्भव छ । त्यसैले विद्यार्थी र युवालाई वर्तमानका साझेदार र भविष्यका कर्णधार भन्ने गरिन्छ ।
इतिहासमा विद्यार्थीहरूले ठूला आन्दोलनको नेतृत्व गरेका छन् । उत्पीडन र अन्यायलाई संगठित भएर परास्त गर्न सक्षम हुन्छन् । विश्वका ठूला विद्यार्थी आन्दोलनका केही उदाहरण हरूलाई यहाँ उल्लेख गर्न सकिन्छन् ।
१. फिक्स विश्वविद्यालयको विरोध सन् १९२५ मा विद्यार्थीका गतिविधिमाथि प्रतिबन्ध गर्नेका विरूद्व, अखबार बन्दको विरूद्वमा तथा महिला पुरूष विद्यार्थीहरूबीच अन्तरक्रिया संवादमाथि लगाइएको प्रतिबन्धविरूद्वमा गरिएको विरोध सफल भएको थियो ।
२. सेतो गुलाफ सन् १९४२–१९४३ मा जर्मनमा शान्तिपूर्ण तरिकाले ‘डाउन विथ हिट्लर’, ‘Feiheid’ जस्ता शब्द भित्तामा लेखेर आन्दोलन सफल गरिएको थियो ।
३. ग्रिन्सबोरोसिट– सन् १९६० मा संयुक्त राज्य अमेरिकामा नागरिकको अधिकार प्राप्तिका लागि करिब ३००० विद्यार्थीको उपस्थितिमा आन्दोलन सफल भएको थियो ।
४. केन्ट स्टेट युनिभर्सिटी गोलीबारी सन् १९७० को घटनामा भियतनाम युद्धको विरूद्व विरोध प्रदशर्नमा विद्यार्थीहरूकै नेतृत्व थियो । विरोधलाई निस्तेज बनाउन स्कुल क्याम्पस बन्द गरियो जसको विरोधमा करिब ४ लाखमाथिको जनसहभागिताको आन्दोलन निर्णायक बन्न पुग्यो ।
५. सोवेटो विद्रोह सन् १९७६ मा दक्षिण अफ्रिकामा रंगभेद प्रणालीको कारण असमान शिक्षाको विरूद्वमा ३ हजारदेखि १० हजार विद्यार्थीको सहभागितामा मार्च पास गर्दैगर्दा सशस्त्र प्रहरीको आक्रमणमा परी करिब ७०० जनाको ज्यान जाने घटना घट्यो तर पनि आन्दोलन रोकिएन फलस्वरूप जुन १६ लाई आज पनि दक्षिण अफ्रिकामा राष्ट्रिय युवा दिवस मनाइन्छ जो एक विद्यार्थी आन्दोलनको उपलब्धि हो ।
६. सन् १९८९ मा तियानमेन स्क्वायरको घटनाले उच्च मुद्रास्फीति र भ्रष्टाचारले चिनियाँ सरकारमा आँच आउन थालेको अवस्थाका कारण विद्यार्थीहरूले राजनीतिक र आर्थिक सुधारको लागि एकजुट भएर अभियान चलाएका थिए ।
७. ग्लोबल क्लाइमेन्ट स्ट्राइक्स नामक आन्दोलन सन् २०१८ मा स्वीडेनको संसद बाहिर एक विद्यार्थी ग्रेटा थनवर्गद्वारा ‘जलवायुको लागि विद्यालय हड्ताल’ लेखिएको साङ्केतिक विरोधमा विश्वका १६३ देशहरू सहभागी भएको आन्दोलनलाई प्रतिनिधिमुलक रूपमा लिन सकिन्छ ।
यी त भए विश्वमा विद्यार्थीहरूले सामूहिक रूपमा गरेका परिवर्तनका आवाजहरू । यस्ता परिवर्तनको नेतृत्व कर्ता विद्यार्थी नेता अन्ततोगत्व राष्ट्रिय राजनीतिमा पनि आउने र सफलता प्राप्त गरेको उदाहरण प्रशस्त पाउन सकिन्छ ।
विश्वभरी विद्यार्थी जीवनमा राजनीतिक रूपमा संगठित हुँदै राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख पदमा पुग्न सफल केही शीर्ष व्याक्तित्वको चर्चा गर्न सकिन्छ ।
१. जवारलाल नेहरू : भारत स्वतन्त्र भएपछिको पहिलो प्रधानमन्त्री बनेका नेहरूको राजनीतिक इतिहास हेर्दा विद्यार्थी राजनीतिबाटै प्रेरित भएको देख्न सकिन्छ ।
२. सि. जिनपिङ्ग : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि. जिनपिङ्ग सन् १९६९ मा शान्सि प्रान्तको ग्रामीण ईलाका तथा बेईजिङ्गको सिङ्घुआ विश्वविद्यालयमा अध्ययन सँगसँगै सामाजिक कामहरू गर्दै गर्दा राजनीतिक जिम्मेवारीमा जोडिसकेका थिए ।
३. सान्ना मारिन् : टेम्पेरे विश्वविद्यालयबाट स्नातक गरेसँगै सोशल डेमोक्रेटिक युथमा सामेल भएकी उनी ३४ वर्षको उमेरमा सन् २०१९ मा फिनल्याण्डको इतिहासमै सबैभन्दा कान्छी प्रधानमन्त्री बनिन् ।
यता नेपाली राजनीतिका शीर्ष नेताहरू बीपी कोइराला र पुष्पलाल श्रेष्ठहरू अध्ययनकै क्रममा राजनीतिमा पूर्ण सक्रिय भइसेकेका थिए ।
त्यस्तै, विद्यादेवी भण्डारी अध्ययन सिलसिलामा स्ववियु र अनेरास्ववियुमा संगठित हुँदै नेपालको दुई कार्यकाल राष्ट्रपति पद समहाली सकेकी छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संगठनको संस्थापन सदस्य बन्दै २०२८ सालमा केन्द्रीय सभापति निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट सुरू भएको राष्ट्रिय राजनीतिमार्फत ५ पटक प्रधानमन्त्री बन्दै देशकै कार्यकारी प्रमुख हुन सफल भए ।
त्यसैगरी, बाबुराम भट्टराई भारतको चण्डिगढबाट वास्तुकलामा स्नातक अध्ययनको सिलसिलामा अखिल भारतीय नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष बने । अध्ययन सकेसँगै नेपाल फर्केपछि पनि निरन्तर राजनीतिमा होमिएका भट्टराई नेपालको ३९ औं प्रधानमन्त्री चुनिन सफल भए ।
समग्रमा विद्यार्थी आन्दोलनले व्यक्तिलाई सफल बनाउने भन्दा पनि राजनीतिक, आर्थिक र सामाजिक मुद्दा कति स्थापित भए भन्ने कुरा मुख्य हो ।
तर के विद्यार्थी संगठन अथवा हाम्रो शैक्षिक क्षेत्र भित्रका भ्रातृ संगठनहरू भ्रष्टाचार गर्न खोलिएका हुन् त ? के कारण भ्रातृ संगठनहरू औचित्यहीन बन्न पुगे ?
नेपालमा विद्यार्थी आन्दोलनद्वारा सफल पारेका केही महत्वपूर्ण राजनीति घटनाक्रमलाई एकपटक सम्झौ ।
२०२८ सालदेखि झापामा भएको किसान विद्रोह, २०३८ सालको महंगी विरोधी आन्दोलन, २०४० सालको पिस्करमा भएको गोलीकाण्ड विरूद्वको प्रर्दशन, २०४१ सालमा शिक्षक संर्घषमा सहभागी, २०४५ सालको भूकम्पमा पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तदारूकता, २०५० सालको मदन-जिवराजको रहस्यमय हत्याको छानबिन गराउन गरेको आन्दोलन, २०५८ सालको र २०६१ मा जारी शाही घोषणा र राजतन्त्र विरूद्वको निर्णायक संर्घष २०६२/०६३ को जनआन्दोलनको अग्रमोर्चामा विद्यार्थीहरू देखिएपछि मात्र आन्दोलन निर्णायक बन्न पुगेको भन्दा अत्युक्ति नहोला ।
अतः राजनैतिक परिवर्तनको प्रमुख भूमिका विद्यार्थीहरूको नै रहेको छ ।
यसैगरी, राष्ट्र र अन्तर्राष्ट्रिय असमान सन्धि सम्झौताको विरूद्वमा आवाज उठाउने सडक आन्दोलन गर्ने, समाजमा घटेका विभिन्न किसिमका घटनामा अन्यायमा परेका आवाजविहीनहरूको आवाज बन्ने, महंगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, पेट्रोलियम पदार्थको मूल्यवृद्वि स्कुल कलेजहरूले मनोमानी ढंगले बढाइएका शुल्कको विषयमा सडक आन्दोलन गर्दै आएको छ ।
आवश्यक ठाउँमा पाटी, पौवा, पुलपुलेसा, चौतारो, पुस्तकालय, वाचनालय निर्माण गर्ने, विपत्तिका बेला सहयोग गर्ने, स्वास्थ्य शिविर, साक्षरता शिविर संचालन गर्ने विद्यार्थीहरूमा हाजिरीजवाफ, वादविवाद, कथा, कविता, निबन्ध लेखन प्रतियोगिता राखेर बौद्धिक विकास गर्नेदेखि भलिबल बास्केटबल रिले दौड जस्ता खेलकुद प्रतियोगितासम्ममा विद्यार्थीको अग्रणी भूमिका देखिन्छ ।
त्यस्तै, नवमण्डले, गुण्डागर्दी, नाकाबन्दीका विरूद्धमा उठाइएका आवाज र आन्दोलन सफल भएका कार्यक्रम र घटनाले विद्यार्थी आन्दोलन, राष्ट्र, जनता, आमजनसमुदाय र न्यायप्रेमी विद्यार्थीहरू प्रति समर्पित रहँदै आएको छ ।
हिजोआज विद्यार्थी संगठनको आवश्यकतामाथि प्रश्न चिन्ह उठ्न थालेको छ । विद्यार्थी राजनीतिबाटै राष्ट्रिय राजनीतिमा छवि बनाई स्थापित भएका नेताहरूले समेत विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न उठाइरहेको पाइन्छ ।
अझ भ्रष्टाचारको कारण देखाएर विश्वविद्यालयमा राजनीतिक दलका झोला बोकेर पस्नु हो त्यसकारण बन्द गर्नुपर्छ भन्न खोजिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने विद्यार्थी संगठनहरूलाई राजनीतिक दलहरूका भगिनि संगठनको रूपमा निर्माण गरेर अगाडि बढाइएको कुरा सर्वविविदै छ ।
तर के विद्यार्थी संगठन अथवा हाम्रो शैक्षिक क्षेत्र भित्रका भ्रातृ संगठनहरू भ्रष्टाचार गर्न खोलिएका हुन् त ? के कारण भ्रातृ संगठनहरू औचित्यहीन बन्न पुगे ? तपाईंहरू आफू त्यही भ्रातृ संगठनमा हुनुहुन्थ्यो अब हामीले तपाईंलाइ पनि गलत प्रवृत्ती उदाएका नेता भनेर गलत मूल्यांकन गर्ने कि तपाईंहरूले आफूबाहेक अर्को पुस्तालाई नेता मान्न सक्नु हुँदैन भन्ने बुझ्ने ?
के विद्यार्थी संगठनका गतिविधिले मात्र हो त भ्रष्टाचार मौलाएको ? के विद्यार्थी संगठनहरूका आफ्नो स्पष्ट छुट्टै सिद्वान्त, नीतिनियम र कार्यदिशाहरू छैनन् त ? के साँच्चै विद्यार्थी संगठन खारेज गरे भ्रष्टचारको जालो बडारिन्छ त ? कि तपाईंले आफ्ना भ्रातृ संगठनका गतिविधिलाई नियन्त्रण गर्न नसकेको कारण खारेज गरौं भन्नु भएको त होइन ? यी त भए भ्रष्टाचार विरोधी अभियान सफल बनाउन विद्यार्थी संगठनमाथि उठाइएका सवालहरू ।
यता स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गगन थापाको अभिव्यक्तिलाई आधार बनाएर काठमाडौं भित्रका शैक्षिक संस्थाहरूमा नेपाली कांग्रेसका कुनै पनि भ्रातृ संगठन नरहेको जानकारी गराउँछौं भनेर फेसबुकमार्फत पोस्ट गरे ।
यस परिवेशमा हाम्रा क्याम्पस र विश्वविद्यालयहरूमा विद्यार्थी संगठनको औचित्य समाप्त भएको हो त ? आजको लोकतन्त्रमा बालेनले कुनै दलको संगठन खारेज गराउने अधिकार छ त ? आखिर विद्यार्थी संगठनहरूले क्याम्पस र विश्वविद्यालय मा के कस्तो भूमिका प्रस्तुत गर्दै थिए ?
के विद्यार्थी संगठनले आगामी दिनमा केही पनि परिवर्तनका आवाज बुलन्द गर्न सक्दैनन् त ? हाम्रो विद्यार्थी संगठनका भावी लक्ष्य र कार्यदिशाहरू पूरा भइसके वा अब कसले पूरा गर्दिने ? हिजोआज विद्यार्थी संगठनका शीर्ष नेतृत्वहरू पनि आफ्ना तर्क वितर्क प्रस्तुत गरिरहेको देखिन्छ ।
स्ववियु परिर्वतन भएकै कारण क्याम्पस प्रमुख र प्राध्यापकहरूले राजीनामा दिनुपर्ने, क्याम्पसका भौतिक सम्पत्तिमाथि आगजनी गर्ने, कुर्सी टेबल भाँच्ने फुटाउने रूखमा झुण्ड्याउने, शैक्षिक प्रशासनका कर्मचारीहरू तथा प्रध्यापकहरूलाई कुटपिट गर्ने कालोमोसो दल्ने, हप्काउने हातपात गर्ने, विश्वविद्यालयहरूका रिक्त पदहरूमा राजनीतिक भागबण्डा र नियुक्ति गर्ने चलन अझै व्याप्त छ ।
स्कुल विद्यालयको औपचारिक अध्ययन पूरा गरेर क्याम्पस र विश्वविद्यालय प्रवेश गर्दा साधरणतया मानिस लगभग १६/१७ वर्षदेखि २८/२९ वर्षको उमेर समूहमा हुने गर्छन् ।
यो उमेर समूह भनेको जीवनको उत्पादनशील र सृजनशील कार्यमा समय बिताउने, राजनीतिक विचारहरूलगायत अन्य समसामयिक विषयमाथि विचार विमर्श छलफल गर्ने, सही र गलत कुरामाथि तर्क वितर्क गर्ने तथा खोज अध्ययन अनुसन्धानमा चिन्ता र चासो नराखेर के कोरा कलेजको किताबमात्र पढ्ने हो त ?
नेपालको संविधानमा १८ वर्ष उमेर योग्यता पूरा भएको नागरिकमा बालिग मतदानको अधिकार हुन्छ भने उसले राजनीतिक विचार राख्न पाउने कि नपाउने ?
हिजो राजनीति गर्न नपाउने भन्नुभयो भोलि व्यवसाय गर्न नपाउने भन्नु होला पर्सि मतदान गर्न नपाउने भन्नुहोला अर्को दिन सार्वजनिक विषयमा बोल्न नपाउने भन्नुहोला । के अब युवा विद्यार्थीले बोल्न पनि नपाउने दिन आउने हुन् त ?
यसरी विश्व परिवेशलाई हेर्दा समकालीन समयका हाल विकसित मानिने मुलुकहरू अमेरिका युरोप तथा एसियाका धनी देशहरूमा आज भन्दा डेड दुईसय वर्ष पहिला विश्वविद्यालयमा अध्ययन गर्ने समूहले नै विद्रोह र आन्दोलन गरेर मात्र समाज रूपान्तरणको एक फड्को मारिसकेको देख्न र बुझ्न सकिन्छ यता दक्षिण एसियाका अति कम विकसित र अल्पविकसित राष्ट्र हरूमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनलाई अझै पनि निरन्तरता दिइरहेको पाइन्छ ।
यसको आवश्यकता पनि प्रशस्तै देख्न सकिन्छ । हिजो आज विद्यार्थी संगठन र राजनैतिक दलका भ्रातृ संगठनको आडमा क्याम्पस र विश्वविद्यालयमा गैरजिम्मेवार पूर्ण घटनाहरू घटाउन थालिएको कुरा चै सत्य हो ।
स्ववियु परिर्वतन भएकै कारण क्याम्पस प्रमुख र प्राध्यापकहरूले राजीनामा दिनुपर्ने, क्याम्पसका भौतिक सम्पत्तिमाथि आगजनी गर्ने, कुर्सी टेबल भाँच्ने फुटाउने रूखमा झुण्ड्याउने, शैक्षिक प्रशासनका कर्मचारीहरू तथा प्रध्यापकहरूलाई कुटपिट गर्ने कालोमोसो दल्ने, हप्काउने हातपात गर्ने, विश्वविद्यालयहरूका रिक्त पदहरूमा राजनीतिक भागबण्डा र नियुक्ति गर्ने चलन अझै व्याप्त छ ।
त्यस्तै, पार्टी र विचार सिद्वान्तका आधारमा नतिजा प्रकाशन गर्ने, समयमा परीक्षा गर्ने नतिजा निकाल्ने जस्ता विद्यार्थीका प्रत्यक्ष सरोकार राख्ने विषयमा बेवास्ता गर्ने गम्भीर लापरवाही गर्ने, प्रशासनिक काम अड्काउने, अड्काएर वा प्रकृया नपुगेको भनेर स्थगित गरिएका काम हरू राजनीतीक दलका अमुख व्यक्तिहरूको एक कल फोनका भरमा चै पुरै प्रकृया पुग्ने जस्ता अपराधिक घटना र कृयाकलापहरू हाम्रो क्याम्पस र विश्वविद्यालयहरूमा प्रशस्त देख्न र बुझ्न सकिन्छ ।
विद्यार्थीहरूले हाम्रा सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, वातावरणीय क्षेत्र, वैदेशिक नीति, श्रम रोजगारीका क्षेत्र, प्रशासनिक क्षेत्र र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।
हाम्रो देशमा साधारण ठाउँको लागि नियुक्त गर्दा संसदीय सुनुवाइ गराईन्छ तर देशको भविष्य बनाउने ठाउँमा किन सुनुवाइ हुँदैन ? शिक्षक तथा प्राध्यापक नियुक्तिको सुनुवाइ कसले गर्ने कहिले गर्ने ?
विद्यार्थी संगठनहरू नेतृत्वमा प्रतिस्पर्धा गर्न, राजनीति चेतनाको विकास गर्न, नेतृत्व क्षमतामा विकास गर्नको लागि आवस्यक पर्दछ । यी र यस्तै गतिविधिलाई सुधार गर्दै विश्वविद्यालय ऐन निर्माण गरेर व्यावस्थित तरिकाले लागू गराउन जरूरत देखिन्छ ।
हिजो आज हाम्रो क्याम्पसहरू रित्ता हुन थालेका छन् देशभरका ५०० बढी क्याम्पसमा १०० भन्दा कम विद्यार्थी रहेको कुरा बाहिर आउन थालेका छन् जहाँबाट राज्यको करोडौं लगानी खेर गइराखेको थाहा पाउन सकिन्छ भने क्याम्पसहरूलाई धान्न गहारो भइरहेको अवस्था छ ।
हाम्रो प्लसटु सकेका अधिकांश विद्यार्थीहरूमा विदेश मोह अत्याधिक बढ्दो छ । किन यस्तो मोह बढेको होला ? हामीले हाम्रो विश्वविद्यालय लाई गुणस्तरीय बनाउन नसकेकै हो त ? के कारण ति विद्यार्थीहरू एनओसि र पार्सपोर्टको लाईनमा भेटिन्छन् ? हाम्रो विश्वविद्यालयमा विदेशी नागरिक आएर पढ्ने वातावरण कहिले निर्माण गर्छाै ? कसले निर्माण गर्ने ? कि यो असम्भव छ ?
अतः क्याम्पस विश्वविद्यालयहरू अध्ययन गर्ने विद्यार्थीमा राजनीतिक चिन्तन तथा संगठनबिना सम्भव छैन तर विद्यार्थी राजनीतिको नाममा वृद्वाभत्ता सुरू नभएसम्म आफ्नो राजनैतिक असफलताको तिक्तता पोख्ने ठाउँ र जीविकोपार्जनको माध्यम बनाउनु भने गलत हो ।
विद्यार्थीहरूले हाम्रा सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, वातावरणीय क्षेत्र, वैदेशिक नीति, श्रम रोजगारीका क्षेत्र, प्रशासनिक क्षेत्र र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।
Totally misleading ,examles of irrelevant 19s ,only thing good was about greta who is also independent ;so groupism of cartel system should demolish and no any prospective viewpoint given above