एसइईमा उत्कृष्ट सिन्धुपाल्चोकका पाँच विद्यार्थीलाई सान इन्टरनेशनल कलेजले निःशुल्क पढाउने – Nepal Press

एसइईमा उत्कृष्ट सिन्धुपाल्चोकका पाँच विद्यार्थीलाई सान इन्टरनेशनल कलेजले निःशुल्क पढाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट अङ्क ल्याउने सिन्धुपाल्चोक जिल्लाका पाँचलाई सान इन्टरनेशनल कलेजले पूर्ण छात्रवृत्तिमा पठन पाठन गराउने भएको छ ।

अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइई परीक्षामा सहभागी हरूलाई सम्बोधन गर्दै सान इन्टरनेशनल कलेज शैक्षिक प्रशासन विभाग प्रमुख विष्णु कुमार पाण्डेले जानकारी दिए ।

यससँगै कलेजले लिने प्रवेश परीक्षामा प्राप्त नतिजाको आधारमा समेत सिन्धुपाल्चोक जिल्लाबाट एसइई परीक्षा उत्तीर्ण अन्य लाई समेत छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

अनेरास्ववियु सिन्धुपाल्चोकका सह-संयोजक नवीन पाण्डेका अनुसार यसको लागि कलेजसँग निरन्तर सहजीकरण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर