सरकार भागबन्डामा लागेको एमालेको आरोप, संसद् बैठक बहिस्कार – Nepal Press

सरकार भागबन्डामा लागेको एमालेको आरोप, संसद् बैठक बहिस्कार

कैलाली । सुदूर पश्चिम प्रदेश सरकार भागबन्डामा लागेको नेकपा एमालेले आरोप लगाएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार भागबन्डामा केन्द्रित भएको सांसद बैठक राख्न गम्भीर नभएको आरोप लाएका छन् । उनले आजको बैठक बहिस्कार गर्ने बताए ।

‘हामी अढाई घण्टा बस्दा पनि बैठक राखिएन सरकार भागबन्डामा लाग्यो’, उनले भने ‘हामी आज को बैठकमा जाँदैनौ ।’

आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाएको थियो । पहिलो पटक ५ बजे सम्मको लागि र दोस्रो पटक ७ बजेको लागि बोलाइएको थियो । अहिले सम्म बैठक बसेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर