भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो, भोलिबाट स्वचालित मूल्य प्रणाली लागू हुने – Nepal Press

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो, भोलिबाट स्वचालित मूल्य प्रणाली लागू हुने

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ३४ पैसा घटेर आएको छ । भने, डिजेलमा प्रतिलिटर २.४७ रुपैयाँ वृद्धि भएको छ ।

नयाँ मूल्य सूचीपछि पनि आयल निगम पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा ६.५० रुपैयाँ नाफा छ । निगमलाई पेट्रोलियम पदार्थ विक्री बापत महिनामा १ अर्ब नाफामा रहेको छ ।

साउन १ गतेबाट पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमा जाने भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज निर्णय गरेर भोलिबाट लागू हुने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘अब भोलिबाट स्वचालित मूल्य प्रणालीमा जाने छ । अब भारतबाट घटेर आए मूल्य घट्ने छ । भने, वृद्धि भएर आए नेपालमा पनि मूल्य वृद्धि हुने छ ।’

भारतीय आयल कर्पोरेसनले निगमलाई १५ दिनमा नयाँ मूल्य सूची निगमलाई पठाउने गरेको छ । अब १५/१५ दिनमा आएको नयाँ मूल्य नै नेपालमा लागू हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर