रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित
नेपाल प्रेस
२०८० असार ३१ गते १६:३६
काठमाडौ । प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको हो ।
कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।
त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध गरेका थिए । उनीहरु राेष्ट्रम घेराउ गर्न पनि पुगेका थिए ।
प्रतिक्रिया