घोराही सिमेन्टको आईपीओ बाँडफाँट, भरेका सबैले पाए
काठमाडौं । घोराही सिमेन्टको आईपीओ आइतबार बाँडफाँट भएको छ ।
रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताले घोराहीको सेयर पाएका छन् । १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनाले मागअनुसार सेयर पाएका छन् ।
यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६ सय ५७ जनालाई ७० कित्ताका दरले सेयर वित्तरण गरिएको छ । बाँडफाँट गरेर बाँकी रहेको ६ हजार ९ सय १० कित्ता सेयर गोलाप्रथाद्धारा बाँडफाँट गरिएको छ ।
जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको छ ।
आईपीओ बाँडफाँटको नतिजा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल तथा निष्कासनकर्ता कम्पनी घोराही सिमेन्टको वेबसाइटबाट हेर्न सक्नेछन् । यस्तै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट हेर्न सकिन्छ ।