बागमतीले बगाउँदा एक जनाको मृत्यु
नेपाल प्रेस
२०८० साउन १ गते ६:३२
हेटौँडा । मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएर स्थानीय वडा नम्बर १ का लघुदोर्जे दोङको मृत्यु भएको हो ।
खोला तर्ने क्रममा ४६ वर्षका दोङको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
खोलाले बगाएर मृत्यु भएको शवलाई निकालिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर