भारत ए विरुद्ध रोहितको एकल प्रतिरोध, बनाए उत्कृष्ट अर्धशतक – Nepal Press

भारत ए विरुद्ध रोहितको एकल प्रतिरोध, बनाए उत्कृष्ट अर्धशतक

काठमाडौं । इमर्जिङ एसिया कप अन्तरगत भारत ए विरुद्धको खेलमा धराशयी बनेको नेपालको ब्याटिङलाई कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गरेका छन् । उत्कृष्ट ब्याटिङ गर्दै उनले आफ्नो अर्धसतक पूरा गरे ।

नेपालले ३७ रनमा ५ विकेट गुमाएको अवस्थामा कप्तान रोहितले सोमपाल कामीसँग ५३ रनको साझेदारी गरेका थिए । सोमपाल आउट भएपछि गुल्सन झासँग उनले साझेदारी अगाडि बढाइरहेका छन् ।

रोहितले ६४ बलमा ५ आकर्षक चौकासहित आफ्नो अर्धसतक पूरा गरेका हुन् । लगातार विकेट पतन भइरहँदा उनले आफ्नो कप्तानी इनिङ खेल्दै नेपाललाई दयनीय स्कोरबाट अघि बढाइरहेका छन् । खासगरि स्पिनरहरुमाथि उनको कलात्मक ब्याटिङ निक प्रभावि बनिरहेको छ ।

यो समाचार बनाउँदासम्म नेपालले २८ ओभरमा ६ विकेट गुमाएर ११४ रन बनाएको छ । रोहित ५० रनमा खेल्दैछन् ।

त्यसअघि नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन् । कुशल मल्लले पनि रन जोड्न सकेनन्। खाता नखोल्दै विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो ।

तर ८ रनको अन्तरमा ३ विकेट गुमाएर नेपाल फेरी दबाबमा आएको हो। सोमपालले पनि १४ रन बनाए । रोहितले ६७ बलमा ६ चौका प्रहार गरेका छन् ।

भारतका राजबर्द्धन हर्गर्गेकरले तीन र हर्षिक रानाले २ विकेट हात पारे । मानव सुथरको नाममा एक विकेट रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *