केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसिरहेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक जारी छ ।
बैठकमा भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने जनाइएकोृ छ । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।
आजको बैठकले एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ । कांग्रेसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणमाथि कारबाहीको विषय एजेण्डा बनाउने कि नबनाउने भन्ने बिषयमा विवाद छ ।
डा. शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरुले भुटानी शरणार्थीसहित भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुमाथि कारवाही गर्नुपर्ने पक्षमा छन्। तर, देउवा खाणको बिषय बैठकमा प्रवेश नै नगराउने समझदारी बनाउने प्रयासमा छन् ।