चलचित्र ‘हात्तीछाप’को नेपाली र हिन्दी भाषाको डिजिट राइट्स महंगो रकममा बिक्री – Nepal Press

चलचित्र ‘हात्तीछाप’को नेपाली र हिन्दी भाषाको डिजिट राइट्स महंगो रकममा बिक्री

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स ओएसआर डिजिटलले महंगो रकममा खरिद गरेको हो । आज निर्माता नेपाली र ओएसआरका प्रमुख ओम अग्रवालबिच कागजी संझौता भएको छ ।

निर्माता नेपालीले फिल्मलाई हिन्दी भाषामा पनि डबिङ गर्ने तयारी भैरहेको सुनाए । उनले भने–‘फिल्मको हिन्दी भाषाको डिजिटल राइट्स अब ओएसआरले जुन कम्पनीलाई पनि बेच्न पाउँछ । हामीले सोही अनुसार संझौता गरेका छौं ।’

यो फिल्मको छायांकन सुरु भएको एक साता बढी भयो । सिमोस सुनुवारको निर्देशनमा तयार भैरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, राजन खतिवडा, रविन्द्र झा, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

यो फिल्ममा सुसन प्रजापतिको छायांकन, प्रदीप भारद्धाजको कथा लेखन छ । फिल्मको प्रदर्शन मिति तय भैसकेको छैन । तर, फिल्मको विदेशका विभिन्न देशको प्रदर्शन अधिकार समेत निर्माता नेपालीले विक्री गरिसकेका छन् ।

निर्माता नेपालीले ओएसआरलाई नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स महंगो रकममा बिक्री गरिएको खुलाएपनि रकम भने सार्वजनिक गर्न मानेनन् ।

यो फिल्मको नेपाल रिलिज अगावै निर्माता नेपालीले लगानी सुरक्षित गर्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर