सरकारले ब्यूँत्याएको सांसद विकास कोषविरुद्ध सर्वोच्चमा रिट दायर
नेपाल प्रेस
२०८० साउन १ गते २०:०५
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ब्यूँत्याएको सांसद विकास कोषविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बजेटको बुदाँ नं ४२५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रमविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर भएको हो ।
उक्त कार्यक्रमविरुद्ध अधिवक्ता सागर बराल, सम्पूर्ण बस्नेत, सौगात राज बराल र अविनेश अधिकारी रिट निवेदन दिएका हुन् ।
रिट निवेदक बरालका अनुसार नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले र कम्प्युटरमा टेक्निकल अपडेट गर्नु पर्ने कारण देखाउँदै सर्वोच्च प्रशासनले ३ गतेका लागि दर्ता मिति तोकेको छ ।
यस्ताे छ रिट:
प्रतिक्रिया
सम्बन्धित खवर