कांग्रेस बैठक
दुई-दुई महिनामा अनिवार्य बैठक बस्न गगनको प्रस्ताव
नेपाल प्रेस
२०८० साउन २ गते १४:५०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठक दुई-दुई महिनापछिको पहिलो साता गर्न प्रस्ताव गरेका छन् ।
सानेपानमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले दुई महिनामा कम्तीमा एकपटक बैठक बस्नैपर्ने बताए । अहिले कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक बर्षपछि बसेको हो ।
आफूले तयार पारेको एकवर्षे कार्ययोजना अनुसार गगनले असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव बैठकमा राखे । त्यसमध्ये दुई बैठक काठमाडौंबाहिर गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया