बलिया प्रतिद्वन्द्वीले देखाइदिएको ऐना: नेपालको क्रिकेट कति पानीमा ? – Nepal Press
टिप्पणी

बलिया प्रतिद्वन्द्वीले देखाइदिएको ऐना: नेपालको क्रिकेट कति पानीमा ?

तेज बलसँग नेपाली ब्याट्सम्यानको संघर्ष, सोमपाल र रोहितको इनिङले जगायो आशा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमले एक महिना अगाडिसम्म चौतर्फी वाहवाही बटुलिरहेको थियो । दुई महिना अगाडिसम्म खेलाडीहरु भ्याइनभ्याइ गर्दै पुरस्कार सम्मान थापिरहेका थिए । तर, अहिले यही टीम र यिनै खेलाडीहरु आफ्नै फ्यानहरुबाट आलोचनाको शिकार बनिरहेका छन् ।

गत महिना जिम्बाबेमा आयोजित विश्वकप क्रिकेटको छनोटमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि क्रिकेट टीममाथि प्रश्नहरु वर्षिन थालेका हुन् । उक्त प्रतियोगितामा नेपालले ६ खेल खेल्दा दुईवटा जितेको थियो भने ४ वटामा हार व्यहोरेको थियो । नेपालले अमेरिका र यूएईमाथि जीत दर्ता गर्दा जिम्बाबे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध पराजय स्वीकारेको हो ।

जिम्बाबे भ्रमणमा जानुअघि नेपाली टीमको हौसला बुलन्द थियो । नेपालले विश्वकप लिग- २ अन्तर्गतका पछिल्ला १२ एक दिवसीय खेलमध्ये ११ वटामा जीत हासिल गर्दै एक दिवसीय मान्यता सुरक्षित गरेको थियो भने विश्वकप छनोटमा समेत स्थान बनाउन सफल भएको थियो । लगत्तै नेपालले घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर लिगको विजेता बन्दै एसिया कपमा समेत छनोट हुन सफल भएको थियो ।

यसरी एकपछि अर्को उत्कृष्ट लयमा रहेको नेपाली टोली विश्वकप छनोटको सुपर सिक्समा पुग्ने लक्ष्य लिएर जिम्बाबे गएको थियो । नेपाली टीमले कम्तिमा एउटा टेस्ट राष्ट्रविरुद्ध सरप्राइज नतिजा निकाल्ने आशा समर्थकले राखेका थिए । तर, त्यस्तो भएन । नेपाल तीनवटै टेस्ट राष्ट्र जिम्बाबे, वेस्ट इन्डिज र आयरल्यान्डसँग पराजित भयो । नेदरल्यान्ड्ससँग सहजै घुँडा टेक्यो ।

नेपालले १२ एक दिवसीयमा ११ वटा म्याच लगातार जित्दा समर्थकहरुको महत्वाकांक्षा ह्वात्तै चुलिएको थियो । त्यसैले अहिले खेलेका म्याचहरुमा टीमको पराजयलाई उनीहरुले सहज रुपमा पचाउन सकिरहेका छैनन् । अनि, खेलाडीहरुमाथि ट्रोल र गाली गर्न सुरु भएको छ ।

अहिले नेपालले श्रीलंकामा आयोजित एसीसी इमर्जिङ कपमा पनि अपेक्षित प्रदर्शन गर्न सकेको छैन । पाकिस्तान र भारतका ‘ए’ टीमसँग पराजित भएर नेपाल समूह चरणबाट बाहिरिएको छ । अन्तिम खेल भोलि यूएईसँग खेल्दैछ ।

नेपालले १२ एक दिवसीयमा ११ वटा म्याच लगातार जित्दा समर्थकहरुको महत्वाकांक्षा ह्वात्तै चुलिएको थियो । त्यसैले अहिले खेलेका म्याचहरुमा टीमको पराजयलाई उनीहरुले सहज रुपमा पचाउन सकिरहेका छैनन् । अनि, खेलाडीहरुमाथि ट्रोल र गाली गर्न सुरु भएको छ । उनीहरुको खेल स्तरमाथि प्रश्न गर्न थालिएको छ ।

के साँच्चै दुई महिनाको अन्तरालमा नेपालको क्रिकेट स्तर सर्लक्कै तल झरेको हो ?

त्यस्तो भने होइन । नेपालले अहिले आफूभन्दा माथिल्लो स्तरका प्रतिद्वन्द्वीहरुसँग खेलिरहेको छ । विश्वकप क्वालिफायरमा नेपालले चारवटै पराजय आफूभन्दा बलिया प्रतिद्वन्द्वीसँग व्यहोरेको हो ।

जिम्बाबे, वेस्ट इन्डिज र आयरल्यान्ड टेस्ट राष्ट्र नै हुन् भने नेदरल्यान्ड्स टेस्ट राष्ट्रहरुलाई पनि अत्याइरहेको टीम हो । जिम्बाबे र वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले बलिङ र ब्याटिङमा आफ्नो क्षमताको झलक देखाएको थियो । आयरल्यान्डले नेपाललाई हराउनलाई निकै संघर्ष गर्नुपरेको थियो ।

नेपालले १२ मध्ये ११ वटा एक दिवसीय जितेको तथ्यांक अहिलेका प्रतियोगिताहरुमा काम लाग्दैन । स्मरणीय छ कि ती १२ मध्ये ८ वटा म्याच नेपालले घरेलु मैदानमा खेलेको थियो । त्यसमा नेपाल शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो ।

जिम्बाबेविरुद्ध पहिले ब्याटिङ गर्दै २९१ रन बनाउनु नेपालको बहादुरी नै मान्नुपर्छ । यस्तै वेस्ट इन्डिजविरुद्ध २३८ रन र आयरल्यान्डविरुद्ध २६८ रन बनाउन सफल भयो । आयारल्यान्डलाई त नेपालले आच्छुआच्छु नै पारेको थियो ।

अहिले नेपालले विदेशी भूमिमा खेलिरहेको छ । जहाँका पिचहरुसँग नेपाल अभ्यस्त थिएन । जिम्बाबेको पिच फास्ट बलरलाई सहयोग गर्ने भएकाले नेपालको ब्याटिङका लागि चुनौतीपूर्ण थियो । यद्यपि, ब्याट्सम्यानहरुले त्यसमा एडप्ट गर्ने प्रयास गरेका हुन् । जिम्बाबेविरुद्ध पहिले ब्याटिङ गर्दै २९१ रन बनाउनु नेपालको बहादुरी नै मान्नुपर्छ । यस्तै वेस्ट इन्डिजविरुद्ध २३८ रन र आयरल्यान्डविरुद्ध २६८ रन बनाउन सफल भयो । आयारल्यान्डलाई त नेपालले आच्छुआच्छु नै पारेको थियो । बलिङ र ब्याटिङ एकैपटक नचल्दा नेपालले ती खेलहरुमा सरप्राइज जीत निकाल्न भने सकेन ।

इमर्जिङ कपको कुरा गर्दा नेपाल भारत र पाकिस्तानका ‘ए’ टीमविरुद्ध पराजित भएको छ । पाकिस्तानले यो प्रतियोगितामा बलियो टीम पठाएको छ, जसमा राष्ट्रिय टीमबाट खेलिसकेका ४-५ जना खेलाडी छन् । त्यसैले पाकिस्तानविरुद्धको भिडन्त सहज हुनेवाला थिएन र भएन पनि । पाकिस्तानको तेज बलिङसामु नेपालको ब्याटिङ धराशायी भयो । सोमपाल कामीले नवौंं नम्बरमा आएर ७५ रन नबनाएको भए नेपाल लज्जास्पद स्कोरमा समेटिन सक्थ्यो ।

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर हासिल ग¥यो । पाकिस्तान ‘ए’ विरुद्ध नेपालले व्यहोरेको ४ विकेटको हारलाई सम्मानजनक नै मान्नुपर्छ ।

तर, भारतविरुद्ध भने नेपालले ९ विकेटको फराकिलो हार व्यहो¥यो । नेपालले बल र ब्याट दुवैमा भारतसँग लड्न सकेन ।

भारतको ‘ए’ टीममा राष्ट्रिय टीमको अनुभव प्राप्त खेलाडीहरु छैनन् । भारतले आईपीएल र रणजी ट्रफी खेलेका युवा खेलाडीहरुलाई समावेश गरेर ‘ए’ टीम बनाएको हो । तर, यो टीम पनि कमजोर भने होइन । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भारत क्रिकेटमा सबैभन्दा बढी पैसा खन्याउने देश पनि हो । भारतले सय वटा क्रिकेट टीम बनायो भने ती सबै टीम पनि नेपालको राष्ट्रिय टोलीभन्दा बलियो नै हुन्छ ।

यी दुई प्रतियोगिता नेपालले आफ्नो वास्तविक क्रिकेट स्तरलाई नियाल्ने ऐना पनि हुन् । एसोसिएट्स राष्ट्रमा हामी बलियो टीममा गनिन्छौं । नेदरल्यान्ड्स र स्कटल्यान्डमात्रै हामीभन्दा बलिया छन् । तर, योभन्दा माथिल्लो स्तरमा पुग्न अझै निकै मेहनत गर्नुपर्नेछ भन्ने छर्लंङ्ग भएको छ ।

बलिया प्रतिद्वन्द्वीहरुविरुद्ध नेपालका दुई वटा कमजोरी उजागर भए । दुइटै फास्ट बलिङसँग सम्बन्धित छन् । स्तरीय तेज गतिको बलिङले नेपाललाई अप्ठेरोमा पार्ने रहेछ । नेपालका ब्याट्सम्यानहरुले जति सहजतापूर्वक स्पिनरको सामना गरिरहेका छन्, तेज बलरहरुलाई गर्न सकेका छैनन् । खासगरी सर्ट पिच बलमा नेपालले धेरै विकेट गुमाएको छ ।

एसोसिएट्स राष्ट्रमा हामी बलियो टीममा गनिन्छौं । नेदरल्यान्ड्स र स्कटल्यान्डमात्रै हामीभन्दा बलिया छन् । तर, योभन्दा माथिल्लो स्तरमा पुग्न अझै निकै मेहनत गर्नुपर्नेछ भन्ने छर्लंङ्ग भएको छ ।

यसको समाधान भनेको तेज विकेटमा बढीभन्दा बढी अभ्यास नै हो । नेपालले स्तरीय टीमहरुसँग लगातार म्याचहरु खेल्न पाएको खण्डमा विस्तारै ब्याट्सम्यानहरु अभ्यस्त हुन सक्छन् ।

नेपालको दोस्रो कमजोरी भनेको गतिला फास्ट बलरहरु नहुनु हो । अहिले भएका फास्ट बलरहरुसँग त्यो पेस र मुभमेन्ट छैन । सोमपाल कामी र करण केसीले नेपाललाई यो स्तरसम्म ल्याउन सकेको योगदान दिए । तर, यहाँभन्दा माथि लैजान उनीहरुको क्षमता सीमित हुने देखिन्छ । नेपालले स्तरीय फास्ट बलर हन्ट गर्नुपर्छ वा युवा बलरहरुलाई बढी एक्सपोजर दिएर निखार्नुपर्छ ।

विश्वकप छनोट र इमर्जिङ कपमा नेपालले फगत निराशामात्रै हात पारेको छैन । खेलाडीहरु फरक फरक म्याचमा ‘इन्डिभिजुयल ब्रिलियन्स’ देखाउन सफल भएका छन् । जस्तो कि पाकिस्तान ‘ए’ विरुद्ध सोमपालको र भारत ‘ए’ विरुद्ध रोहित पौडेलको ब्याटिङले पक्कै पनि अन्य ब्याट्सम्यानहरुमा आत्मविश्वास जगाएको छ कि धैर्यतापूर्वक खेल्दा हामीले स्तरीय बलरहरुलाई पनि सामना गर्न सक्छौं भन्ने ।

खेलमा हारजीत हुन्छ । जीतमा अतिरञ्जित प्रशंसा र हारमा तुच्छ गालीले खेलाडीहरुको मनोबल बढाउँदैन । अहिलेको प्रदर्शनबाट निराश हुनुपर्ने आवश्यक छैन । यही टीमले नेपाललाई एक दिवसीय मान्यता गुमाउने संघारबाट जोगाएर ल्याएको हो । यही टीमले भविष्यमा नेपाली क्रिकेटलार्ई अझै माथि लैजानेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *