यूएईमाथि दबाब बढाउँदै नेपालका स्पिनर, कुशल भुर्तेलले लिए दुई विकेट
काठमाडौं । इमर्जिङ नेसन्स कप अन्तरगत जारी यूएईविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ । नेपालका स्पिनरहरू यूएईका ब्याट्सम्यानहरुमाथि हाबी भएका छन् ।
ताजा स्थितिमा यूएईले २७ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ११५ रन बनाएर खेलिरहेको छ ।
अर्धशतक बनाएका लभप्रित सिंहलाई कुशल भुर्तेलले सन्दीप जोराको हातबाट क्याचआउट गराए । यो उनको व्यक्तिगत दोस्रो विकेट हो । यसअघि पवन सर्राफ र कुशल मल्लले पनि एक–एक विकेट लिएका छन् ।
टस हारेर नेपालले यूएईलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । यूएईले ३९ रनको स्थितिमा आर्यांस शर्मालाई पहिलो विकेटको रूपमा गुमायो ।
उनी १४ रन बनाएर कुशल मल्लको बलमा आउट भएका थिए । त्यसपछि अंश टन्डनलाई पवन सर्राफले एलबिडब्लु धरापमा परे ।
१८ रन बनाएका इथान डिसुजालाई कुशल भुर्तेलले आउट गरे पनि लभप्रितलाई पनि आउट गरेपछि यूएई दबाबमा आएको छ । क्रिजमा यशवन्त भाल्थापा र फहाज नवाद छन् ।