काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन (तस्बिरहरु/भिडिओ) – Nepal Press

काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन (तस्बिरहरु/भिडिओ)

काठमाडौं । काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाे भन्दै महानगर प्रहरीले उक्त संरचनामा डोजर चलाएको हो ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएकाे थियाे । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाएको महानगरले जनाएको छ ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो ।

भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले भने,‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा मेरो समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।

आजदेखि अभियान सुरु भएको उनको भनाइ छ । यहाँ आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने उनले बताए । साथै यहाँ रहेको विद्यालयको व्यवस्थापन महानगरको शिक्षा विभागले गर्दैंछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर