चलचित्र ‘हामी तीन भाइ’मा लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित – Nepal Press

चलचित्र ‘हामी तीन भाइ’मा लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाइ’को मुख्य भूमिकामा दुई अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन् ।

सिनेमामा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माले अभिनेता कुशल विष्टसँग रोमान्स गर्नेछिन् ।

निर्माण टीमले दिएको जानकारी अनुसार सिनेमा जाहान्वीको जोडी डेब्यु अभिनेता फलित राईसँग बाँधिएको छ । गत शुक्रबार गोर्खास्थित मनकामना मन्दिरमा सिनेमाको स्कृप्ट पूजा गरिएको थियो ।

आगामी साउनबाट छायांकनमा जाने सिनेमामा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवल्दार, दीपक बिकाश चापागाईं, बिडारी, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसीको पनि अभिनय रहनेछ ।

निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह–निर्मातामा छन् ।

विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।

प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमामा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन तथा एसबी सापकोटाको संगीत रहनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर