भ्रष्टाचारमा दोषी कसैलाई पनि उन्मुक्ति दिइने छैन : गृहमन्त्री श्रेष्ठ (भिडिओ)
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगाएत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन् ।
उनले अहिले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे । त्यस्तै, श्रेष्ठले राष्ट्र र जनताबिरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए ।
उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफल गर्ने अभियानमा आफु लागेको पनि धारणा राखे ।
तिम्रो अध्यक्षले टोपबहादुरलाइ भेटनुहोस् उनले सबै कुरा मिलाउँछन् भने पछि भुटानी नेताले नेपालीलाई नक्कली भुटानी बनाउने कागजमा सही गरेछन् । अब दोषी को ? बालुवाटार जग्गा बेच्ने माधव र बाबुराम भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । खोइ समातेको ? भ्रष्टाचार मुद्दालाई सत्ता टिकाउने हतियार बनाएर फुर्ति ? शिक्षक कुटने गुण्डाको मुद्दा फिर्ता लिएर सुशासनको नारा ?
अदालतले दोषी करार गरेका रेशमलाइ आम माफी दिएर कानूनी राजको कुरा गर्ने ? अनि रेशमसँगै जेल परेका अरू थारूका बच्चा अझै जेलमा छन् । रेशमलाई छोडे पछि सत्ता जोगिन्छ अरू थारूका बच्चा नभए पनि हुन्छ भनेर सत्ता टिकाउने काम गरेको स्पष्ट भएन ? अझै फुर्ति ? अनावश्यक विदेश भ्रमण नगर्ने भन्ने तर प्रधानमन्त्री ईटली किन गएको ? कृषि मन्त्री गए पुग्नेमा किन प्रधानमन्त्री ? यहि हो अनावश्यक खर्च कटौती ? वाहियात कुरा गर्ने ? स्टन्ट गर्ने ? जनताले पत्याउछन् भनेको तिम्रा नक्कली नारा ?