सप्तरीमा अख्तियारको टोली देखेपछि घुस रकम फालेर भागे सब-ईन्जिनियर साफी – Nepal Press

सप्तरीमा अख्तियारको टोली देखेपछि घुस रकम फालेर भागे सब-ईन्जिनियर साफी

जनकपुरधाम । सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सब-ईन्जिनियर अजय कुमार साफीले लिएको घुस रकम अख्तियारको टोलीलाई देखेपछि फालेर भागेका छन् ।

सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग सब-ईन्जिनियर साफीले ८० हजार रूपैया घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सब-ईन्जिनियर साफीले बोलाएर तत्काल १५ हजार रुपैयाँ बुझेका थिए ।

घुस रकम बुझेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोली पुगेपछि सब-ईन्जिनियर साफी भागेका हुन् । उनले उपभोक्ताबाट बुझेको रकम फोहोर फाल्ने ठाउँमा फ्याकेर भागेको बुझिएको छ ।

सामाजिक विकास इकाई मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *