सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ – Nepal Press

सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं। सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिक्वान लिनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ ।

उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए । राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विभागको जिम्मा लगाइएको विमानस्थल स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर