मधु आचार्यको प्रस्ताव- भ्रष्टाचार काण्डमा जोडिए पार्टीबाट स्वतः निलम्बन हुने निर्णय गरौं – Nepal Press

मधु आचार्यको प्रस्ताव- भ्रष्टाचार काण्डमा जोडिए पार्टीबाट स्वतः निलम्बन हुने निर्णय गरौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले भ्रष्टाचार काण्डमा जोडिएकाहरुलाई निलम्बन गर्न माग गरेका छन् ।

पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा उनले भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।

उनले भने, ‘बहुचर्चित भ्रष्टाचारको छानबिन गर्न सरकारलाई दबाब कांग्रेसले दिनुपर्छ । छानबिनका क्रममा दोषी देखिएमा कारबाही गर्नुपर्छ । कांग्रेसले व्यक्ति हेर्दैन, एजेण्डा हेर्छ भन्नुपर्छ । नीतिगत निर्णय गरौं । भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीका सदस्य दोषी देखिएमा स्वतः निलम्बन मानिनेछ भनेर निर्णय गरौं । त्यसमा व्यक्तितर्फ जानुपर्छ भन्ने लाग्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर