तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ ।

शुक्रबार बजारमा छापाला सुन तोलामा ८ सयले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ कयम भएको छ ।

यस्तै बिहीबार प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १२ हजार २२५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *