घर बनाउँदै हुनुहुन्छ ? यस्तो छ बैंकको घरकर्जा – Nepal Press

घर बनाउँदै हुनुहुन्छ ? यस्तो छ बैंकको घरकर्जा

काठमाडौं । तपाईं घर बनाउँदै हुनुहुन्छ वा खरिद गर्दै हुनुहुन्छ ? तर, तपाईंसँग चाहे जति रकम छैन, र बैंकबाट ऋण लिने सोचिरहनु भएको छ भने अहिले अधिकांश बैंकले स्थिर ब्याजदरमा घरकर्जा प्रदान गरिरहेका छन् ।

स्थिर ब्याजदर ३ महिनादेखि १० वर्षे अवधिसम्मको रहेको छ । गत आर्थिक वर्ष घरजग्गा कारोबारमा कडाइ गरेको नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर जग्गामा खुकुलो नीति लिन व्यवसायीहरुले आग्रह गर्दै आएका छन् । गत आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गामा प्रवाह हुने कर्जाको सीमा काठमाडौंमा फेयर मार्केट भ्यालुको ३० प्रतिशत कायम गरिएको थियो ।

यसअघि बैंकले काठमाडौंमा घरजग्गामा ४० प्रतिशतसम्म कर्जा लगानी गर्दै आएका थिए ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ महिनासम्म बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आर्थिक मन्दी, तरलता अभाव जस्ता कारण घरजग्गा कारोबार न्यून भएको छ ।

सबैभन्दा सस्तो ब्याजदरमा कुमारी बैंकले घर कर्जा दिनेछ । कुमारीले ११.७९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने जनाएको छ ।

सबैभन्दा महँगो सानिमा र नेपाल एसबीआई बैंकको घरकर्जा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर