जसपा त्यागेका युवा नेता साह जनमतमा प्रवेश
नेपाल प्रेस
२०८० साउन ५ गते १६:५२
जनकपुरधाम । जनता समायवादी पार्टी (जसपा) परित्याग गरेका युवा नेता अञ्जयकुमार साह जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले साहलाई काठमाडौंस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष डा. राउतले नेता साहलाई सदस्यतासमेत प्रदान गरेका छन् ।
जसपामा केन्द्रीय नेता राजकिशोर यादव निकट मानिने साह केही दिन अगाडि मात्रै केन्द्रीय नेताको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
प्रतिक्रिया