चलचित्र ‘लुङा’को अफिसियल गीतमा विराजको प्रस्तुती (भिडिओ) – Nepal Press

चलचित्र ‘लुङा’को अफिसियल गीतमा विराजको प्रस्तुती (भिडिओ)

काठमाडौं । आजैदेखि प्रदर्शनमा आएको अर्ग्यानिक चलचित्र ‘लुङा’ को अफिसियल गीत ‘मेरो कोट मैलो हुँदा’ सार्वजनिक भएको छ ।

ओएसआर डीजीटल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा उदीयमान कलाकार विराज बाँस्कोटालगायतको रोमाञ्चक नृत्य र अभिनय रहेको छ ।

विवाह समारोहमा देखिएको दृश्यमा गाइएको र नाचिएको उक्त गीतले चलचित्र लुङालाई पनि मसलाको रुपमा काम गरेको भन्दा अत्युक्ति नहोला ।

दुई दर्जन बढी म्यूजिक भिडिओमा काम गरिसकेका बाँस्कोटाको ठूलो ब्यानरमा बनेको सिनेमामा करिब पहिलो प्रोजेक्ट हो । हुन त नेपालका चर्चित हाँस्य श्रृंखला सक्किगो निमा पनि अभिनयरत बाँस्कोटा गायनमा पनि दख्खल राख्ने गर्छन् । विभिन्न नाटकबाट उदाएका उनका कलाकारिताका पाइलाहरुमा ‘मेरो कोट मैलो हुँदा’ गीतले आफ्ना सीपमा मात्र नभएर व्यावसायिकतामा पनि फड्को मार्न भूमिका खेल्न सक्दछ ।

समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका हुन् । यो चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । प्रेम कथानक सिनेमामा नेपालको पूर्वी भागको दृश्य समेटिएको छ ।

भिडिओ: 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *