मापसे गरी हुम्लामा लेखापाल कुट्ने तीनजना पक्राउ – Nepal Press

मापसे गरी हुम्लामा लेखापाल कुट्ने तीनजना पक्राउ

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिकामा मदिरा सेवन गरेर नाम्खा गाउँपालिकाका लेखापाललाई कुटपिट गर्ने तीनजना प्रकाउ परेका छन् ।

शुक्रवार पालिकाको कार्यालयमा गएर लेखापाल अश्विनकुमार देवकोटालाई हातपात गरेको र कार्यालयको फाइलहरु फाल्दिएको भन्दै हुम्ला प्रहरीले तिन जनालाई प्रकाउ गरेको हो ।

प्रकाउ गर्नेमा सिमिकोट गाउँपालिकाका २९ वर्षीय नुर्बु लामा, ३० वर्षीय दोर्जे लामा र ३० वर्षीय निमा लामालाई प्रहरीले प्रकाउ गरेको हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराइले जानकारी दिए ।

लेखपाल देवकोटा समान्य रहेको उपरीक्षक भट्टराइले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *