बुटवलका पूर्व उपप्रमुख खनालको निधन
रुपन्देही । बुटवल उपमहानगरपालिकाका पूर्व उप प्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ।
नेपाली कांग्रेस बुटवलको लामो समयसम्म सभापति रहेका खनालको उपचारको क्रममा तिनाउ अस्पतालमा गए राती निधन भएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए।
पाल्पाको कुशुम खोलामा जन्मेका ८३ वर्षीय खनालका ४ छोरा २ छोरी र २ श्रीमती छन् । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका खनालको असार १३ गते प्रोष्टेटको अपरेसन गरिएको थियो।
लामो समयदेखि बुटवलको शिवनगरमा बसोबास गर्दै आएका खनाल २०४६ को जनआन्दोलन पछि भएको बुटवल उपमहानगरपालिकाको निर्वाचन २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख निर्वाचित भएका थिए।