धनराज गुरुङले ल्याएको अपराधी जोगाउने विधेयक खारेज गर्न शेखर कोइरालाको माग (भिडिओ) – Nepal Press

धनराज गुरुङले ल्याएको अपराधी जोगाउने विधेयक खारेज गर्न शेखर कोइरालाको माग (भिडिओ)

कांग्रेस बैठकमा शेखरले भने गठबन्धनभित्रै अर्को गठबन्धन बन्दैछ, समाजवादी मोर्चा कसको लागि बनेको ? कांग्रेसमा छलफल हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसकै मन्त्रीबाट भइरहेको भन्दै केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।

केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई पनि उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको बताए ।

कोइरालाले भने, ‘नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले उक्त विधेयक पेश गरेका छन् । डा. कोइरालाले गठबन्धनभित्रै गठबन्धन बनाउने प्रयास भइरहेको भन्दै समाजवादी मोर्चा कसको लागि बनेको हो ? यसबारे कांग्रेसमा छलफल गर्न जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर