बद्री पाण्डेको प्रस्ताव- प्रचण्ड र नारायणकाजीका कामको स्वामित्व कांग्रेसले लिनुपर्छ
‘विकास निर्माणका कामको पैसामा फँसेर नेपाली सेना नाफाखोर व्यापारीमा परिणत भयो’
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले भ्रष्टाचारका फाइल खोल्ने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको कदमको स्वामित्व कांग्रेसले लिनुपर्ने बताएका छन् ।
केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा पाण्डेले आवश्यक परे नेताहरुको सम्पत्ति छानविन गरेर स्रोत नखुलेको सम्पत्ति जफत गर्नेसम्मको हिम्मत कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए ।
पाण्डेले भने- नारायणकाजीले गरे वा माओवादीले गरे ? हामीले बनाएको प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्रीले बनाएका गृहमन्त्रीले गरेका छन् । हामीले यसको स्वामित्व लिनुपर्छ । किनकी यो सरकार हामीले बनाएको हो । यति र ओम्नीलगायतका काण्डको फाइल पनि खोल्नुपर्छ ।
पाण्डेले नेपाली सेना विकास निर्माणलगायतका आयोजनाको फैसामा फसेर नाफाखोर ब्यापारीमा परिणत भएको टिप्पणी भइरहेको समेत बताए ।
सेनाको विरोध गर्ने भारतीय दलाल हो कि भनेर सतर्क हुनुपर्छ । सेनाले टेण्डर हाल्दैन । सरकारले लगाएको काम गर्छ । अनि सेनालाई गाली गर्ने भनेको कि भारतको दलाल हो कि ठेकेदारको पैसा खाएर बोलेको हुन्छ ।