घनश्याम भुसालको प्रश्न- भ्रष्टाचाररहित समाजको ग्यारेन्टी कसले गर्छ ? नारायणकाजीले ? – Nepal Press

घनश्याम भुसालको प्रश्न- भ्रष्टाचाररहित समाजको ग्यारेन्टी कसले गर्छ ? नारायणकाजीले ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एक्लो भ्रष्टाचारविरोधी मान्छे कुनैपनि पार्टीमा पनि शक्तिशाली पदमा टिक्न नसक्ने जिकिर गरेका छन् ।

समाजवादी यात्राको चुनौती, भ्रष्टाचार र दण्डहीनता विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘एक्लो भ्रष्ट मान्छे कुनैपनि पार्टीमा पनि शक्तिशाली पदमा टिक्न सक्दैन । उसले अरुलाई पनि भ्रष्ट बनाउनुपर्छ । त्यसपछि त्यो भ्रष्ट गिरोह संस्थागत हुँदै जान्छ । र, पार्टी स्वत: भ्रष्टाचारबाट अपहरित हुन्छ ।’

२०६५ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा वैचारिक नयाँ दिशा स्थापित गरेको उल्लेख गर्दै समाजवादको बाटोलाई संविधानले समेत स्वीकारेको बताए ।

नेता भुसालले गृहमन्त्री एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै गृहमन्त्रि नारायणकाजी श्रेष्ठको प्रशंसा गरे । पार्टीभित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताउनु भयो । महासचिव भुसालले समाजवादको यात्रालाई ठीक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयम्‌लाई भ्रष्टाचारविरोधी बनाउन सक्नुपर्ने बताए ।

उनले भने, ‘यो क्रममा हाम्रो एउटा काम छुटेको छ । भ्रष्टाचाररहित समाजको ग्यारेन्टी कसले गर्छ ? नारायणकाजीले ? नारायणकाजी त्यहाँ रहने ग्यारेण्टी कसले गर्छ ? त्यो दुई दिनको कुरा हुन्छ । एकपछि अर्कोगरी भ्रष्टाचारविरोधीहरू आउँछन् अन्तत: भ्रष्टाचारविरोधीहरु नै बिक्न थाल्छन् । नत्र टिक्नै नसक्ने अवस्था आउँछ ।’

पार्टीलाई भ्रष्टाचारविरोधी बनाउन नसके समाजवाद आउन नसक्ने भुसालले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर