बालकृष्ण खाणबारे विश्वप्रकाश- कांग्रेस न्यायालयको फैसला आत्मसात् गरेर जान्छ – Nepal Press

बालकृष्ण खाणबारे विश्वप्रकाश- कांग्रेस न्यायालयको फैसला आत्मसात् गरेर जान्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले न्यायालयबाट आएको फैसलालाई मानेर जाने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणबारे सानेपामा जारी केन्द्रीय समितिको बैठकमा चर्को बहस भइरहेको बेलामा उनले यस्तो बताएका हुन् ।

खाण प्रकरणलाई लक्षित गर्दै भने, ‘हामीले बनाएको कानूनमा हाम्रै पार्टीका नेताहरू जेल पर्नुभयो भने हामीले कानून कमजोर बनाएर व्यक्तिगत रूपमा कसैलाई जोगाउन चाहन्छौं भन्दैनौं । त्यसैले कुनै दलले निलम्बन गर्‍यो या गरेन भन्ने प्रश्न गरेर हुँदैन कांग्रेसले कानून कमजोर बनाउने खोज्यो, खोजेन । बलियो बनाउँनतिर लाग्यो । कांग्रेस अनुसन्धानलाई कमजोर बनाउन लागेन लाग्दैन । विधिको शासन मान्नुपर्छ व्यक्तिको होइन । हामीले भन्ने दोषी उम्कनुहुन्न । निर्दोश फस्नुहुन्न त्यो बमोजिम कांग्रेस न्यायालयबाट आएको फैसलालाई आत्मसात गरेर जान्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर