दोहोरो नागरिकता प्रकरणमा डाक्नेश्वरीकी उपमेयर मीरालाई धरौटीमा छाड्न आदेश
नेपाल प्रेस
२०८० साउन ८ गते १७:४५
राजविराज । भारतको समेत नागरिकता बोकेको भन्दै परेको उजुरीका आधारमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप मेयर मीरा कुमारी यादवलाई सप्तरी जिल्ला अदालतले छाड्ने आदेश दिएको छ ।
न्यायाधीश हरिश्चन्द्र इंगनामको एकले इजलासले धसोमबार एक लाख धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । उपमेयर यादव र उनका पति भारतीय नागरिक रहेको भन्दै सोही ठाउँका एक व्यक्तिले उजुरी दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर