भोकमरी र कुपोषणको अन्त्यका लागि लगानी गर्न बहुराष्ट्रिय निकायलाई प्रधानमन्त्रीको आग्रह (पूर्णपाठ) – Nepal Press

भोकमरी र कुपोषणको अन्त्यका लागि लगानी गर्न बहुराष्ट्रिय निकायलाई प्रधानमन्त्रीको आग्रह (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुराष्ट्रिय विकास बैंक, अन्तर्राष्ट्रिय आर्थिक संस्था तथा विकास साझेदारहरुलाई अतिकम विकसित राष्ट्रहरुमा रहेको खाद्य तथा भोकमरीको जटिल समस्यालाई तीव्र गतिमा सम्बोधन गर्न आग्रह गरेका छन् ।

इटालीको रोममा आयोजित फुड सिस्टम समिट+२ को उद्घाटन सत्रमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले अत्यन्तै जोखिममा रहेका जनतालाई खाद्य असुरक्षा, कुपोषण तथा यससँगै जोडिएका स्वास्थ्य जटिलताबाट मुक्त पार्ने निश्चित गर्नुपर्छ ।’

त्यस्तै, उनले अतिकम विकसित मुलुकहरुमा भएका समस्याको समाधानका लागि सुरवाती चरणमै लगानी बढाएर खद्या संकटको विकराल समस्या समाधान गर्नपर्ने आशय व्यक्त गरे ।

‘हामीमाझ संसारलाई भोकमरी र कुपोषणको पीडामुक्त गर्ने अवसर रहेको छ’, सम्बोधनका क्रममा प्रचण्डले भने ।

प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर