यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँमा कारोबार भएको गरिएको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९९ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसामा खरिदबिक्री हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसामा कारोबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९रुपैयाँमा कारोबार गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा विक्रीदर ४२७.५३ पैसामा कारोबार हुनेछ ।