केन्द्रीय समितिको बैठक जारी रहँदा देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । केन्द्रीय समितिको बेठक जारी रहँदा अपराह्न ४ बजे धुम्बाराहीमा बैठक बोलाइएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठकमा उठेका विषयवस्तु र सम्भावित निर्णयबारे छलफल हुनेछ ।
उनले भने, ‘बैठकको निर्णय महामन्त्रीहरूले पनि तयार पार्दै हुनुहुन्छ । त्यसबारेमा पनि छलफल हुन्छ ।’
साउन २ देखि सानेपामा जारी केन्द्रीय समितिको बैठक भोलि अपराह्न ४ बजे बस्दैछ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् ।
१० वटा एजेन्डा केन्द्रित बैठकमा भोलिको बैठकमा देउवाले जवाफ दिएर टुंग्याउने तयारी छ ।