भूपूप्रेमिकालाई अश्लील भिडिओ पठाएर मानसिक यातना दिने युवक कारागार चलान – Nepal Press

भूपूप्रेमिकालाई अश्लील भिडिओ पठाएर मानसिक यातना दिने युवक कारागार चलान

काठमाडौं । प्रेम सम्बन्धमा रहँदाको अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको आरोप लागेका युवक कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासले मंगलबार दोलखा भीमेश्वर नगरपालिकाका ३८ वर्षीय सुदीप राउतलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

यसअघि आफ्ना पूर्वप्रेमीले अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको भन्दै जाहेरी परेपछि प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो । सुदीपसँग आफू करिब तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेपनि उनको खराब व्यवहारका कारण पछिल्लो समय टाढिन खोज्दा मानसिक यातना पाएको जाहेरवालाको दाबी छ ।

युवतीका अनुसार उनीहरू ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, पछिल्लो समय अशोकको व्यवहारमा परिवर्तन आएको र कोठामा बोलाएर गाली गर्ने, कुटपिट गर्ने गरेको जाहेरीमा उल्लेख छ । उनले आफूलाई युवक लागुऔषध सेवनकर्ता जस्तो लागेपछि टाढिँदै गएको बताएकी छन् ।

त्यसपछि सुदीपले सम्बन्धमा रहेका बेला खिचिएका अश्लील भिडिओ र तस्बिरहरू आफू र आफन्त, साथीलाई पठाएर बेइज्जती गरेको जाहेरीमा युवतीले जाहेरीमा लेखेकी छन् । प्रहरीले आरोपीको मोबाइलबाट केही भिडिओसमेत बरामद भएको जनाएको छ ।

ती युवकविरुद्ध एक लाख रूपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर