बाढीले बनाएको पुल ६ वर्षपछि सञ्चालनमा – Nepal Press

बाढीले बनाएको पुल ६ वर्षपछि सञ्चालनमा

विराटनगर । २०७४ सालको बाढीले बगाएको लोहन्द्र खोलाको पुल र सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको उद्घाटन भएको छ ।

उक्त पुल र नहरको मङ्गलवार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरे । सो पुल र नहर बगाएको ६ वर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिँचाइको समस्या थियो ।

सुनसरी मोरङ सिँचाइ आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १५३ मिटर लम्बाइको पुलमा ६ वटा स्प्यान रहेको छ । १६ मिटर गहिराइबाट उठाएको र १ डायमिटरमा रहेको पुल हाइवे स्टेण्डरमा बनाइएको हो ।

पुल र नहर निर्माणको लागि कूल लागत अनुमान ४७ करोड ३२ लाख थियो । निर्माण सम्झौता निर्माण व्यवसायी आशिष् स्वामीनारायण आशीर्वाद जेभी धरान १० सँग २०७६ सालमा भएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८० को भदौ अन्तिम समयसम्म थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *