रेडी ट्रेडले ३३ पटक भित्र्याएको शंकास्पद सामानभित्र के थियो ? सदनमा एमालेले प्रश्न उठाउने – Nepal Press

रेडी ट्रेडले ३३ पटक भित्र्याएको शंकास्पद सामानभित्र के थियो ? सदनमा एमालेले प्रश्न उठाउने

काठमाडौं । सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले सदनमा जवाफ माग्ने भएको छ ।

नाम नचलेको र भर्खर स्थापना भएको रेडी ट्रेड दर्ता भएको ४ महिनाभित्र ३३ पटक ब्रेक शु र सेभिङ मेसिनजस्ता सामान शंकास्पद रूपमा भित्रिनुमा सरकारको संलग्नता रहेको आरोप एमालेको छ ।

३३ पटकसम्म भित्रिएको सुन तस्करीलाई गृहमन्त्रीकै संरक्षण रहेको भन्दै एमालेले यसबारेमा जवाफ माग्न लागेको हो । आजै प्रतिनिधि सभाको बैठक बस्नुअघि एमाले संसदीय दलको बैठक बोलाएको छ ।

दलको बैठकले थप रणनीति तय गर्ने प्रमुख सचेतक पदम गिरीले बताए । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर